बिहीबार, आश्विन १५,२०८३ 10:41:21
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 10:41:21
Bizshala
Global IME Bank Limited

बाढीपीडितलाई एएचजेड एसोसिएट्स नेपाल र डीएमएच फाउन्डेसन बंगलादेशको राहत

Bizshala
बाढीपीडितलाई एएचजेड एसोसिएट्स नेपाल र डीएमएच फाउन्डेसन बंगलादेशको राहत
New Office

काठमाण्डौ । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले एएचजेड एसोसिएट्स नेपाल र डा. मुस्तफा हाजेरा फाउन्डेसन (डीएमएच फाउन्डेसन), बंगलादेशले संयुक्त रूपमा राहत वितरण गरेका छन्।

बाढीबाट सयौँ परिवार प्रभावित भई घर, खाद्यान्न तथा दैनिक जीवनयापनका आवश्यक सामग्रीमा क्षति पुगेपछि राहतको आवश्यकता बढिरहेका बेला संस्थाहरूले नुवाकोटको विदुर क्षेत्रमा पुगेर प्रभावित परिवारलाई खाद्यान्न तथा आधारभूत आवश्यकताका सामग्री वितरण गरेका हुन्।

राहत वितरणका क्रममा एएचजेड एसोसिएट्स नेपालको टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारीसमेत लिएको थियो।

यस अभियानका लागि आवश्यक आर्थिक सहयोग डीएमएच फाउन्डेसन, बंगलादेशले उपलब्ध गराएको थियो भने राहत सामग्रीको व्यवस्थापन, वितरण तथा स्थानीयस्तरमा समन्वयको जिम्मेवारी एएचजेड एसोसिएट्स नेपालले गरेको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राहत अभियानबारे प्रतिक्रिया दिँदै डीएमएच फाउन्डेसन, बंगलादेशका अध्यक्ष क्याप्टेन एकेएम गोलाम कबिरियाले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताए ।

उनले भने, ‘मानवताको कुनै सीमा हुँदैन। जब मानिसहरू कठिनाइ र क्षतिको सामना गरिरहेका हुन्छन्, त्यतिबेला उनीहरू कहाँबाट आएका हुन् भन्नेभन्दा पनि उनीहरूको साथमा उभिनु महत्वपूर्ण हुन्छ। नेपालका बाढीपीडित परिवारलाई सहयोग गर्ने अवसर पाएकोमा हामी गौरवान्वित छौँ।’

फाउन्डेसनले आफ्ना संस्थापक तथा संरक्षक जाहिरुल इस्लाम तथा गोलाम मुर्तुजा लगायतको मार्गदर्शन र सहयोगमा अभियान सञ्चालन गरिएको जनाएको छ।

राहत अभियानको नेतृत्व एएचजेड एसोसिएट्स नेपालका कन्ट्री म्यानेजर शोबिन थापाले गरेका थिए। काठमाण्डौस्थित मुख्य कार्यालयबाट परिचालित राहत टोलीमा शोबिन थापा, अर्चना यादव, सजल पोखरेल, रिषभ सिंह, प्रज्ञा मगर, दिवेश अधिकारी, अम्बिका गिरी, मेघा बज्राचार्य र योगेन्द्र साउद सहभागी थिए।

टोलीले राहत सामग्री व्यवस्थापनदेखि प्रभावित परिवारको पहिचान, प्रत्यक्ष वितरण तथा स्थानीयस्तरमा आवश्यक समन्वयको काम गरेको थियो। कन्ट्री म्यानेजर शोबिन थापाले राहत अभियान सामग्री वितरणमा मात्र सीमित नभएको बताइन् ।

‘कठिन परिस्थितिबाट गुज्रिरहेका मानिसहरूको साथमा उभिनु, उनीहरूको कुरा सुन्नु र उनीहरू एक्ला छैनन् भन्ने अनुभूति गराउनु पनि हाम्रो उद्देश्य थियो,’ उनले भनिन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.