मंगलवार, भाद्र ९,२०८३ 02:42:59
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 02:42:59
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री शाहलाई कालो सनग्लास प्रयोग गर्न चिकित्सकको सुझाव

प्रधानमन्त्री शाहलाई कालो सनग्लास प्रयोग गर्न चिकित्सकको सुझाव
New Office

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहलाई उज्यालो प्रकाशबाट आँखाको सुरक्षाका लागि सनग्लास प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन्।

प्रधानमन्त्री शाहले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए। उज्यालो प्रकाशमा हेर्न कठिनाइ भएको गुनासोपछि गरिएको परीक्षणका क्रममा चिकित्सकले आवश्यकता अनुसार सनग्लास प्रयोग गर्न सुझाव दिएका हुन्।

प्रधानमन्त्री शाहलाई आँखामा सुख्खापनलगायतको असहजता भएमा आवश्यकता अनुसार कार्बोक्सिमिथाइलसेल्युलोज ०।५ प्रतिशतको आई ड्रप प्रयोग गर्न सिफारिस गरिएको छ।

Bizshala
CG Motors

प्रधानमन्त्रीले गत २२ साउनमा स्वास्थ्य परीक्षण गराएका थिए। चिकित्सकको सिफारिससहित तयार गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २६ साउनमा संघीय संसद् सचिवालयमा पठाएको थियो। संसद् सचिवालयले पनि उक्त प्रतिवेदन प्राप्त भएको पुष्टि गरेको छ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणसम्बन्धी विवरण सार्वजनिक भएको समयमा प्रतिनिधिसभामा उनको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमसमेत तय भएको छ। बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहसँग सांसदहरूले प्रत्यक्ष प्रश्न गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X