आईतवार, श्रावण १०,२०८३ 11:27:17
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 11:27:17
Bizshala
Global IME Bank Limited

व्यवसायीमाथि धरपकडले लगानीकर्तामा त्रास: नाडा

व्यवसायीमाथि धरपकडले लगानीकर्तामा त्रास: नाडा
New Office

काठमाण्डौ । नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल (नाडा) ले निजी क्षेत्रको मनोबल र लगानीको वातावरणप्रति गम्भीर चासो व्यक्त गर्दै हालै देखिएका घटनाक्रमले उद्योगी–व्यवसायीबीच नकारात्मक सन्देश जाने जनाएको छ। विशेषगरी नाडाका पूर्वअध्यक्ष शेखर गोल्छासँग सम्बन्धित विषयहरू सार्वजनिक भएपछि संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

नाडाका अनुसार शेखर गोल्छा नेपालका औद्योगिक तथा व्यवसायिक क्षेत्रमा स्थापित र सम्मानित व्यक्तित्व हुन्। उनले नाडाको नेतृत्व मात्र नभई समग्र निजी क्षेत्रलाई नयाँ दिशा दिन तथा मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्। यस्तो पृष्ठभूमि भएका व्यक्तिमाथि गरिने कुनै पनि अन्यायपूर्ण व्यवहारले उद्योगी–व्यवसायी समुदायमा नकारात्मक प्रभाव पार्ने नाडाको ठहर छ।

संघले सत्यतथ्य छानबिन हुनु पर्नेमा पूर्ण समर्थन जनाउँदै आएको उल्लेख गर्दै अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने स्पष्ट पारेको छ। तर अनुसन्धानका नाममा व्यवसायीलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताको आत्मविश्वासमा असर पर्ने नाडाको भनाइ छ।

नाडाले अहिलेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहित गर्दै लगानी भित्र्याउनुपर्ने बेला प्रतिष्ठित व्यवसायीमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्तामा त्रास सिर्जना गर्ने चेतावनी दिएको छ। यसले सरकारको ‘लगानीमैत्री नेपाल’ भन्ने नीतिगत लक्ष्यसमेत कमजोर पार्ने संघको धारणा छ।

यसै सन्दर्भमा नाडाले नेपाल सरकार तथा सम्बन्धित निकायसँग शेखर गोल्छाको हकमा पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। दोषी प्रमाणित नभएसम्म कुनै पनि प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यवसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको दायित्व रहेको नाडाले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.