सोमबार, आश्विन १९,२०८३ 02:16:55
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 02:16:55
Bizshala
Global IME Bank Limited

विपद् व्यवस्थापनमा ढुक्क हुन प्रधानमन्त्रीको आग्रह, पूर्वसूचना प्रणाली थप सुदृढ बनाइने

Bizshala
विपद् व्यवस्थापनमा ढुक्क हुन प्रधानमन्त्रीको आग्रह, पूर्वसूचना प्रणाली थप सुदृढ बनाइने
New Office

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद् व्यवस्थापनमा उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन भइरहेको बताउँदै यस विषयमा ढुक्क हुन मुख्यमन्त्रीहरूलाई आग्रह गरेका छन्। उनले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा विपद् व्यवस्थापनका काम निरन्तर अघि बढिरहेको र सरकारले यसमा कुनै सम्झौता नगरेको बताए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले भदौ १० गतेयता तीनै तहका सरकारको आपसी समन्वयमा विपद् व्यवस्थापन भइरहेको जानकारी दिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरू पनि सहभागी थिए। उनीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उपलब्ध साधनस्रोतको परिचालनमार्फत विपद् व्यवस्थापनका काम चाँडो सम्पन्न गर्न सरकार खटिरहेको बताए।

“हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौँ, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,” उनले भने।

प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत अन्य क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसहित व्यवस्थापनका काममा सरकार जुटिरहेको बताए।

उनले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको जानकारी पनि दिए। हिमपहिरोको जोखिम न्यूनीकरणका लागि समेत आवश्यक काम भइरहेको उनको भनाइ थियो।

प्रधानमन्त्रीले विपद् व्यवस्थापनमा आफ्नो ज्यानसमेत जोखिममा राखेर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गरे।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.