मंगलवार, बैशाख ८,२०८३ 03:33:25
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 03:33:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सरकार गठनको नयाँ टाइमलाइन: चैत-१२ मा संसद, १५ गते आसपास बालेन प्रधानमन्त्री भइसक्ने

Bizshala
सरकार गठनको नयाँ टाइमलाइन: चैत-१२ मा संसद, १५ गते आसपास बालेन प्रधानमन्त्री भइसक्ने
Shivam Cement

काठमाण्डौ । प्रशस्तै आन्तरिक तयारीहरु भए पनि समय अभावका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह-बालेन)को नेतृत्वमा सरकार गठन यसअघि चर्चा गरिएभन्दा केही ढिलो हुने देखिएको छ ।  

निर्वाचन आयोगको चुनावी प्रतिवेदन तयारी, नयाँ सांसदहरुको सपथ ग्रहण कार्यक्रम र त्यसपछि सुरु हुने सरकार गठनको प्रक्रिया यसअघि चैत १० गतेभित्र भइसक्ने रास्वपाकै नेताहरुले दाबी गरेका थिए । रास्वपाका प्रवक्ता मनिष झाले चैत १ गते सञ्चारकर्मीहरुसँग कुरा गर्दै १० दिनभित्र सरकार गठन भइसक्ने सम्भावना व्यक्त गरेका थिए । तर, सबै प्रक्रिया पूरा गर्दा चैत १५ गते आसपास मात्र नयाँ सरकार गठन हुने देखिएको हो ।

यही कुरा बुझेका वर्तमान सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले बुधबार नागरिक लगानीकोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आगामी साताभित्र नयाँ सरकार बनिसक्ने सम्भावना व्यक्त गरेका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ सम्बन्धी प्रतिवेदन चैत ५ गते राष्ट्रपतिसमक्ष पेश गर्दैछ । त्यसअघि उसले नवनिर्वाचित समानुपातिक सांसदहरुलाई विजेताको प्रमाणपत्र वितरण पनि गर्नेछ ।  

राष्टपतिबाट प्रतिवेदन ग्रहण भएपछि पहिलो संसद बैठक आह्वान गर्ने प्रक्रिया सुरु हुनेछ । हालसम्मको तयारीअनुसार चैत १२ गतेका लागि पहिलो संसद बैठक आह्वान हुने देखिएको छ । 

पहिलो संसद बैठकमा निर्वाचितमध्ये जेष्ठ सांसदबाट बाँकी सांसदले पद तथा गोपनीयताको सपथ खानेछन् । त्यसपछि मात्र बल्ल नयाँ सरकार गठनको प्रक्रियाको औपचारिक थालनी हुने देखिएको छ।  

राष्ट्रपतिले आह्वान गरेपछि झण्डै दुईतिहाई नजिकको बहुमत पाएको रास्वपाले केही दिनमै संसदीय दलको नेता बनाउन लागेको बालेन शाहको नेतृत्वमा सरकार गठनको प्रस्ताव दर्ता गराउनेछ । एउटै पार्टीको सुविधाजनक बहुमत रहेकोले यसअघि सरकार गठनमा हुने गरेको ढिलासुस्ती यसपटक देखिनेछैन ।  

यसरी हेर्दा चैत १५ गते आसपास मात्रै बालेन शाह नेतृत्वको नयाँ सरकार गठन हुनसक्ने सम्भावना देखिएको छ । 

CG Motors
Garima Development Bank
IME remit

 

यसैबीच, प्रधानमन्त्री नियुक्त भएलगत्तै छरितो-१५ सदस्यीय) मन्त्रिमण्डल निर्माणका लागि बालेन शाहले पूर्वतयारीहरु गरिरहेका छन् । यो बीचमा उनी र रास्वपाका सभापति रवि लामिछानेबीच सम्भावित मन्त्रीहरुको विषयमा समेत छलफलहरु भइरहेका छन् । बालेनलाई सरकारमा रहेर काम गर्न सहज हुने तथा पार्टीको आन्तरिक समीकरण समेत नबिग्रिने गरी योग्य तथा विज्ञ सांसदहरुलाई मन्त्री बनाएर अगाडि बढ्ने शाह–लामिछानेको तयारी रहेको स्रोतहरुले बताएका छन् ।  

लामिछानेको सचिवायलका एक सदस्यले बताएअनुसार हालसम्म महत्वपूर्ण मानिने मन्त्रालयमा कसलाई लैजाने भन्ने विषयमा बालेन शाहसँग सहमति भइसकेको छ । जसअनुसार अर्थमन्त्रीको रुपमा डा. स्वर्णिम वाग्ले जाँदैछन् ।  

परराष्ट्रमन्त्रीको रुपमा शिशिर खनालको नाममा दुवै नेताको सहमति रहेको छ भने हरि ढकाल कृषिमन्त्री हुने प्रवल सम्भावना छ ।  

लामिछाने–शाह बीच आगामी सरकारको गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा चाहिँ सहमति भइसकेको छैन । बालेन भरसक आफ्नो विश्वासपात्रलाई गृहमन्त्री बनाउन चाहन्छन् । तर, त्यसो गर्दा पार्टीभित्रको समीकरण बिग्रिने अवस्था आएमा गृहराज्यमन्त्री मात्र राखेर सो मन्त्रालयको कमाण्ड पनि आफैंले सम्हाल्ने उनको योजना रहेको उनका एक सहयोगीले दाबी गरेका छन् ।  

रवि लामिछाने भने उपप्रधानसहित गृहमन्त्रीको रुपमा पार्टीका उपसभापति डीपी अर्याललाई लैजान चाहन्छन् । उनी गृहमन्त्री हुन नसकेको अवस्थामा दीपक बोहोराको नाम पनि अगाडि सारिएको बुझिन आएको छ ।  

लामिछाने र शाह निकटका केहीले भने वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई नै गृहमन्त्रीको रुपमा निरन्तरता दिनुपर्ने लविङ गरिरहेका छन् । तर, उनको सम्भावना निकै कम छ ।  

गृहमन्त्रीमा जेनजी आन्दोलनबाट उदाएका सुदन गुरुङले पनि आफ्नो दाबी पेश गरेका छन् । तर, उनलाई अन्य कुनै मन्त्रालयमा व्यवस्थापन गर्ने गरी तयारी भइरहेको बालेननिकट स्रोतको भनाई छ ।  

रास्वपाबाट सांसद भएकामध्ये एक जेनजीलाई समेत युवा तथा खेलकूद मन्त्रालय जिम्मा दिएर अगाडि बढ्ने विषयमा समेत शीर्ष नेतृत्वबीच छलफल भइरहेको बुझिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.