सोमबार, भाद्र १,२०८३ 07:59:41
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 07:59:41
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर

प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर
New Office

काठमाण्डौ। प्रधानमन्त्री बालेन्द्र शाहसँग आगामी भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि समय निर्धारण गरेका हुन्। प्रश्नोत्तर कार्यक्रममा सहभागी भई प्रधानमन्त्रीसँग प्रश्न गर्न इच्छुक सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिवसमक्ष प्रश्न दर्ता गराउनुपर्नेछ।

Bizshala
CG Motors

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था गरिएको छ। प्रतिनिधि सभामा रहेका ६ वटा दलका तर्फबाट एक–एक जना सांसदलाई प्रश्न सोध्ने अवसर दिइनेछ भने बाँकी ८ जना सांसद दलको हैसियत तथा प्रतिनिधित्वका आधारमा चयन हुनेछन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.