काठमाण्डौ । इन्धन आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले साप्ताहिक बिदा बढाउने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भोलिदेखि लागू हुनेगरी अब सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा शनिबारसँगै आइतबार पनि बिदा दिइनेछ।
पेट्रोलियम पदार्थको आपूर्तिमा आएको असहजताले दैनिक सञ्चालनमा दबाब बढेपछि ऊर्जा खपत घटाउने उद्देश्यले यस्तो निर्णय गरिएको सरकारको भनाइ छ।

