शुक्रबार, मंसिर ४,२०८३ 03:53:46
  • शुक्रबार, मंसिर ४,२०८३ 03:53:46
Global IME Bank Limited

बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप

Bizshala
बंगलादेशमा राजनीतिक हिंसा चर्कियो, चार जनाको मृत्यु र देशभर आगजनी : हसिनाको पार्टीमाथि सरकारको गम्भीर आरोप
New Office

 

काठमाण्डौ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिगले आह्वान गरेको देशव्यापी बन्दका क्रममा हिंसात्मक गतिविधि बढेका छन्। विभिन्न स्थानमा भएका झडप, आगजनी र आक्रमणका घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको छ।

नोभेम्बर १४ देखि १९ सम्मका हिंसात्मक घटनामा चार जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई नेताको समेत आक्रमणमा मृत्यु भएको छ।

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले पूर्वप्रधानमन्त्री हसिनाको पार्टी अवामी लिगले मुलुकलाई अस्थिर बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

भारतसँग सीमा जोडिएको लालमोनिरहाट जिल्लामा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै उनले आगजनी, हत्या र तोडफोडमार्फत राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको दाबी गरेका हुन्।

उनले देशको हितविपरीत सीमापारका शक्तिको स्वार्थमा गतिविधि भइरहेको आरोपसमेत लगाए। यद्यपि, अवामी लिगमाथि लगाइएका सबै आरोप स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

बुधबार नराइल जिल्लाको कालिया क्षेत्रमा बीएनपी र उसका भ्रातृ संगठनका कार्यकर्ताले निकालेको मोटरसाइकल र्‍यालीमाथि आक्रमण हुँदा दुई नेताको मृत्यु भएको थियो।

CG Motors
Garima Development Bank
IME remit

मृत्यु हुनेमा कृषक दलका नेता शाहिन र जातीयतावादी सामाजिक सांस्कृतिक संस्था (जसास) का नेता सोहेल मोल्ला रहेका छन्।

स्थानीय बीएनपी नेताहरूले आक्रमणमा अवामी लिगसम्बद्ध व्यक्तिहरू संलग्न रहेको आरोप लगाएका छन्। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।

हिंसात्मक गतिविधि राजधानी ढाकासहित गोपालगञ्ज, नारायणगञ्ज, राजशाही र अन्य जिल्लामा फैलिएका छन्।

विभिन्न स्थानमा सार्वजनिक बस, ट्रक, राजनीतिक दलका कार्यालय, प्रहरी संरचना तथा निजी घरहरूमा आगजनी र तोडफोड गरिएको छ।

पूर्वअन्तरिम सरकार प्रमुख तथा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको चट्टग्रामस्थित पैतृक घरमा समेत आगजनी भएको छ।

गोपालगञ्जमा सांसदहरूका निवास, अस्पताल, बैंक तथा प्रहरी कार्यालयसमेत आक्रमणको निशानामा परेका छन्।

बढ्दो हिंसा नियन्त्रण गर्न सरकारले सात संवेदनशील जिल्लामा सीमा सुरक्षा बलका ९७ प्लाटुन परिचालन गरेको छ।

समाचार संस्था रोयटर्सका अनुसार ढाकामा अवामी लिगसँग सम्बन्ध रहेको आशंकामा १०७ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेका छन्।

सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी शेख हसिना त्यसयता भारतमा बस्दै आएकी छन्।

मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा मृत्युदण्डको फैसला सुनाइएकी हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्कने इच्छा व्यक्त गरेकी छन्। उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन्।

तर सरकारले उनको राहदानीसम्बन्धी अनुरोध अस्वीकार गरेपछि राजनीतिक तनाव थप बढेको छ। अवामी लिगले देशव्यापी बन्द आह्वान गरेसँगै विभिन्न क्षेत्रमा हिंसा फैलिएको हो।

पछिल्ला घटनाक्रमले बंगलादेशको राजनीतिक स्थिरता र शान्तिसुरक्षामाथि नयाँ चुनौती खडा गरेको छ। सत्तारूढ दल र अवामी लिगबीचको टकराव बढ्दै जाँदा सार्वजनिक यातायात, व्यापारिक गतिविधि र सर्वसाधारणको दैनिक जीवनसमेत प्रभावित हुन थालेको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.