काठमाण्डौ। नेपाल राष्ट्र बैंकले १० रुपैयाँका ४ करोड थान नयाँ नोट छाप्ने भएको छ। शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानी गर्ने तथा जिम्मेवारीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको जनाइएको छ।
राष्ट्र बैंकको मुद्रण विभागका अनुसार आवेदन आउँदो अगस्ट ८, २०२४ मा खुल्नेछ। योग्य छनोटमा परेका आवेदकले सेप्टेम्बर २, २०२४ दिनको १ बजेसम्म आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकले गत अक्टोबर २०२१ मा नै जारी बोलकबोलमा सहभागी भई प्रारम्भिक छनोटमा परेका योग्य कम्पनी तथा फर्महरूलाई फरी दरखास्त दिन आह्वान समेत गरेको छ।
योग्य आवेदकले एकल चरण गरी दुई खाममा छुट्टाछुट्टै छापसहितको दुईवटा आवेदन राल्नुपर्नेछ बताएको छ।
छनोटमा परेका र टेन्डर पाएको कम्पनीले स्वीकृतिको अधिकतम १२० दिनभित्र नोट छपाई गरी ढुवानी समेत गरिसक्नुपर्ने नेपाल बैंकले जनाएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                