शनिबार, कार्तिक १४,२०८३ 10:45:38
  • शनिबार, कार्तिक १४,२०८३ 10:45:38
Global IME Bank Limited

बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

Bizshala
बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक
New Office

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ। केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार असोज २१ गते बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ। यसको भुक्तानी कात्तिक १८ गते हुनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बोलकबोल अनलाइन बिडिङ सिस्टम (ओबीएसएस)मार्फत ब्याजदरका आधारमा हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि १० करोडकै दरले बढाउँदै ३० अर्ब रुपैयाँसम्म बोल गर्न सक्नेछन्। प्राप्त बोलमध्ये कम ब्याजदरलाई प्राथमिकता दिँदै ३० अर्ब रुपैयाँसम्म रकम बाँडफाँट गरिनेछ। एउटै ब्याजदरमा आह्वान रकमभन्दा बढी बोल परेमा प्रो–राटा आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

Garima Development Bank
Bizshala
IME remit

आवश्यकताअनुसार राष्ट्र बैंकले प्राप्त बोलको सम्पूर्ण वा आंशिक रकम स्वीकार वा अस्वीकार गर्न सक्नेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.