शनिबार, कार्तिक १४,२०८३ 10:45:55
  • शनिबार, कार्तिक १४,२०८३ 10:45:55
Global IME Bank Limited

बैंकिङ प्रणालीमा अधिक तरलता, ७० अर्ब खिच्दै राष्ट्र बैंक

Bizshala
बैंकिङ प्रणालीमा अधिक तरलता, ७० अर्ब खिच्दै राष्ट्र बैंक
New Office

काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ खिच्ने भएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

राष्ट्र बैंकले आज दिउँसो ३ बजे बोलकबोल हुने गरी दुई महिनाका लागि निक्षेप संकलनको आह्वान गरेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले यसमा सहभागिता जनाउन सक्नेछन्।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र त्यसभन्दा बढी रकमका लागि ५ करोड रुपैयाँले भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरका आधारमा हुनेछ।

Garima Development Bank
Bizshala
IME remit

उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी मंसिर २३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। बैंकिङ प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले यस्तो उपकरणमार्फत निश्चित अवधिका लागि रकम खिच्ने गर्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.