मंगलवार, श्रावण ५,२०८३ 12:52:14
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 12:52:14
Bizshala
Global IME Bank Limited

मंगलबारका लागि राष्ट्र बैंकको नयाँ विनिमयदर, अधिकांश मुद्रा महँगिए

मंगलबारका लागि राष्ट्र बैंकको नयाँ विनिमयदर, अधिकांश मुद्रा महँगिए
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि लागू हुने विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ।  

आज अमेरिकी डलरसहित युरो, बेलायती पाउन्ड, अष्ट्रेलियन डलर तथा खाडी मुलुकका केही प्रमुख मुद्राको मूल्यमा सामान्य वृद्धि भएको देखिएको छ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको विनिमयदरअनुसार एक अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा कायम भएको छ।  

यो अघिल्लो दिनको तुलनामा २३ पैसाले बढी हो।  

यद्यपि, जेठ ७ गते कायम भएको अमेरिकी डलरको हालसम्मकै उच्च विनिमयदर—खरिद १५४ रुपैयाँ ६२ पैसा र बिक्री १५५ रुपैयाँ २२ पैसा—अझै पनि रेकर्डकै रूपमा रहेको छ।

युरोपेली मुद्रातर्फ एक युरोको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ।

 बेलायती पाउन्ड स्टर्लिङको खरिददर १९९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०० रुपैयाँ ३५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर १०४ रुपैयाँ १६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५८ पैसा पुगेको छ, जुन सोमबारको तुलनामा केही बढेको हो।

उच्च मूल्यका विदेशी मुद्रामध्ये कुवेती दिनारको खरिददर ४९० रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९२ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।  

त्यस्तै, बहराइन दिनारको खरिददर ४०० रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ०४ पैसा कायम भएको छ।  

यी दुवै मुद्राको विनिमयदर पनि अघिल्लो दिनको तुलनामा वृद्धि भएको हो।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा परिमार्जन गर्न सकिने जनाएको छ।  

साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदरमा केही अन्तर हुन सक्ने भएकाले अद्यावधिक विवरणका लागि राष्ट्र बैंकको आधिकारिक वेबसाइट हेर्न आग्रह गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.