काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले परिर्वतन गरेका व्यवस्थाले निजी क्षेत्रको मनोबल उच्च बनाएको बताएका छन्।
आईतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
मौद्रिक नीतिको असरले उद्योगी व्यवसायी,बैंकर्स र सर्वसाधरणको गिरेको मानसिकता र मनोवल उठेको बताए।
गभर्नर अधिकारीले मौद्रिक नीतिले बजारलाई चलायमान बनाउनको लागि उद्योगी व्यवसायीहरको मनोवल उच्च बनाएको भन्दै राज्यका सम्बन्ध निकायहरुले नीति अनुरुप कार्यान्वयन गर्न जरुरी रहेको बताए।
मौद्रिक नीतिका व्यवस्थाहरु सबै आफैँले काम नगर्ने भन्दै सबैलको दायित्व रहेको उनले उल्लेख गरे। यो वर्षको मौद्रिक नीति राष्ट्र बैंकले अन्तर्राष्ट्रिय परिवेश र आन्तरिक अवस्था सबैलाई केलाएर ल्याएको उनको दाबी छ।

                
                
                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                