बैंक र ऋणीलाई हेर्ने कानुन फरक बनाउनुपर्छ- राष्ट्र बैंकका गभर्नर अधिकारी
काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानुन फरक हुनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथिको छलफलमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले ऋणीसँगै बैंकर समेत जेल जाने स्थिति बनेको भन्दै बैंकिङ कसुर सम्बन्धी कानुन फरक-फरक बनाउनुपर्ने बताए।

                
                        