Bizshala
  • शनिबार, पुष २६,२०८२ 09:23:50
Bizshala
Global IME Bank Limited

बैंक र ऋणीलाई हेर्ने कानुन फरक बनाउनुपर्छ- राष्ट्र बैंकका गभर्नर अधिकारी

Hyundai Nepal
बैंक र ऋणीलाई हेर्ने कानुन फरक बनाउनुपर्छ- राष्ट्र बैंकका गभर्नर अधिकारी
Shivam Cement

काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानुन फरक हुनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथिको छलफलमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले ऋणीसँगै बैंकर समेत जेल जाने स्थिति बनेको भन्दै बैंकिङ कसुर सम्बन्धी कानुन फरक-फरक बनाउनुपर्ने बताए।

CG Motors
Bizshala
Garima Development Bank

गभर्नर अधिकारीले बैंकरले व्यवसाय चल्छ कि चल्दैन भनेर ऋण दिने निर्णय गर्दा बैंकको पैसा ऋणीले लैजाँदा पनि ऋणी र बैंकरलाई एकै ठाउँमा राखेर हेरिएको बताए। अहिले धेरै बैंकरहरू ऋणीसँगै जेल जानुपर्ने स्थिति आएको उनको भनाइ थियो।

गभर्नर अधिकारीले कानुन कार्यान्वयनको क्रममा आफूले सो विषय बोल्न नमिल्ने भएपनि कानुन निर्माणको क्रममा भन्न पाउनुपर्ने बताए। उनले ऋणी र बैंकरलाई छुट्याउने कानुन बनाउन आवश्यक रहेको बताए।

बैंकरमाथि ऋणीले ऋण लिने समयमा मिलेमतोमा लिएको भने मात्रै बैंकरलाई पनि अनुसन्धान गर्नुपर्ने व्यवस्था राख्नु पर्ने उनको सुझाव थियो। गभर्नर अधिकारीका अनुसार अहिले बैंकहरूमा कर्मचारीहरूले खल्तीबाट कलम ननिकाल्ने स्थिति रहेको सुनाए।

ऋण दिएर किन आफूलाई जोखिममा पार्नु भन्दै काम गर्न बैंकरहरू डराइरहेको उनले बताए। बैंक विरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्नुपर्ने उनको धारणा थियो।

New Office
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.