बुधबार, आश्विन २१,२०८३ 02:46:32
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 02:46:32
Bizshala
Global IME Bank Limited

दसैँमा एटिएमबाटै पाइने भयो १०० रुपैयाँका नयाँ नोट

Bizshala
दसैँमा एटिएमबाटै पाइने भयो १०० रुपैयाँका नयाँ नोट
New Office

 

 काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटिएम मेसिनबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधिका एटिएम मेसिनमार्फत १०० रुपैयाँ दरका नोट वितरण गर्न थालेका छन्। यसले चाडपर्वका बेला साना दरका सफा तथा नयाँ नोट लिन चाहने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार चाडपर्वका लागि छुट्टै ठूलो प्रचारप्रसार नगरी राष्ट्र बैंक र वाणिज्य बैंकमार्फत सफा तथा सुकिला नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

उनले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई समेत ध्यानमा राखेर नयाँ नोट सटहीबारे औपचारिक प्रचार नगर्ने नीति लिइएको बताए।

पौडेलका अनुसार नोट सटही नियमित बैंकिङ प्रक्रियाकै हिस्सा भएकाले हरेक वर्ष छुट्टै सूचना जारी गरेर मात्रै वितरण गर्नुपर्ने अवस्था नरहेको राष्ट्र बैंकको धारणा छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

राष्ट्र बैंकले असोज १ गतेदेखि नै थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालयहरू तथा वाणिज्य बैंकमार्फत सफा र सुकिला नोट वितरण गरिरहेको जनाएको छ।

पछिल्ला केही वर्षदेखि चाडपर्वका बेला ठूलो मात्रामा नयाँ नोट बजारमा पठाउने परम्परालाई क्रमशः घटाउँदै लैजाने नीति पनि राष्ट्र बैंकले अपनाएको छ।

राष्ट्र बैंकका अनुसार गत भदौ मसान्तसम्म बजारमा कुल ७ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको मुद्रा परिचालनमा थियो। दसैँका बेला सामान्य अवस्थाको तुलनामा मुद्रा माग करिब ८ देखि १० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ।

यसपटक एटिएमबाटै १०० रुपैयाँका नोट उपलब्ध हुन थालेपछि सर्वसाधारणले साना दरका नोटका लागि बैंक काउन्टरमा लामो लाइन बस्नुपर्ने समस्या केही हदसम्म घट्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.