काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाले अब विदेशबाट ऋण ल्याउने विदेशी मुद्रामा हुन सक्ने समस्या नेपाल राष्ट्र बैंकमा सार्न सकिने भएको छ। राष्ट्र बैंकले आइतबार जारी गरेको नेपाल राष्ट्र बैंक स्वाप कारोबार विनियमावली, २०८१ मा यस्तो व्यवस्था गरेको हो।
यस कारोबार दुई चरणमा हुनेछ। जसमा पहिलो चरणमा राष्ट्र बैंकले दैनिक कारोबारको लागि हाल तोक्दै आएको दरमै (स्पट दर) बैंकहरूको विदेशी मुद्रा किन्नेछ।
दोस्रो चरणमा भने निश्चित समयपछि राष्ट्र बैंकले यसअघि बैंकहरूबाट लिएको विदेशी मुद्रा सोही बैंकहरूलाई भुक्तानी गर्नेछ।
‘स्वाप कारोबार’ भन्नाले बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्रा (भारतीय रूपैयाँ बाहेक) मा उल्लेख भएको ऋणको विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने डेरिभेटिभ उपकरणको कारोबार हो।
यस्तो भुक्तानीमा बैंक तथा वित्तीय संस्थाहरूबाट राष्ट्र बैंकले नेपाली मुद्रा लिने र विदेशी मुद्रा भुक्तानी गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।