सोमबार, आश्विन १२,२०८३ 12:52:33
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 12:52:33
Bizshala
Global IME Bank Limited

अधिक तरलता तान्न राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै

अधिक तरलता तान्न राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
New Office

 

काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ३० दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम तान्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार यसका लागि असोज १२ गते दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिनेछ । बोलकबोल ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (ओबीएसएस) मार्फत अनलाइन प्रणालीबाट मात्रै हुनेछ ।

३० दिन अवधिको उक्त उपकरणको साँवा तथा ब्याज भुक्तानी कात्तिक ११ गते गरिनेछ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।

संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैयाँले भाग जाने गरी अधिकतम आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ भने समान ब्याजदर प्रस्ताव भएको अवस्थामा प्रो–राटा आधारमा रकम बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणमा राखिएको रकमलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था छ ।

यस उपकरणमा राखिएको रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न भने पाइने छैन । तर वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा गणना गर्न सकिनेछ ।

तोकिएको परिपक्वता अवधि अर्थात् कात्तिक ११ गतेअघि रकम फिर्ता नहुने व्यवस्था गरिएको छ ।

बोलपत्र स्वीकृत भएका संस्थाको खातामा निष्कासनका दिन पर्याप्त रकम नभएमा त्यस्तो संस्थालाई कालोसूचीमा राखेर आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइने राष्ट्र बैंकले जनाएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.