शुक्रबार, असार १२,२०८३ 11:29:43
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 11:29:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कति खान्छन् प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले मासिक तलब ?

Laxmi Sunrise Bank Limited
कति खान्छन् प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले मासिक तलब ?

काठमाण्डौ। देशको नेतृत्व समालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा बढी तलब नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रहेको छ। प्रधानमन्त्रीको  मासिक तलब ९४ हजार २ सय ८० रुपैयाँ रहेको छ भने गभर्नर अधिकारीको मासिक तलब त्यो भन्दा धेरै छ।

राष्ट्र बैंकका अनुसार गभर्नरको मासिक तलब १ लाख ३६ हजार रहेको जनाइएको छ। यस्तै यो बाहेक उनले मासिक ८० हजार एक सय १० रुपैयाँ अन्य शीर्षकमा रकम लिइरहेका छन्। 

New Office
CG Motors
Garima Development Bank

यो रकम अर्थ मन्त्रालय सम्हालिरहेका उपप्रधानमन्त्री विष्णु पौडेलको मासिक तलबको बराबरी हो। जसमा उपप्रधानमन्त्री पौडेलको मासिक तलब ८४ हजार ६ सय ४० रुपैयाँ रहेको छ। 

गभर्नरले प्रधानमन्त्रीको भन्दा ४१ हजार ७ सय २० रुपैयाँ बढी तलब पाउने गरेका छन्। यसका अतिरिक्त गभर्नरले मासिक रूपमा ६३ हजार ६० रुपैयाँ केन्द्रीय बैंक भत्ता, ९ हजार ६ सय खाजा खर्च र ७ हजार ४ सय ४० रुपैयाँ इन्टरनेट सुविधाको रकम प्राप्त गर्छन्। बैंकले किनेको महँगो गाडी अवकाशपछि निजी बनाउने सुविधा समेत गभलर्नरलाई छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.