काठमाडौँ । नेपाली बजारमा लगातार तीन दिन सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार एक सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य ८० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।