बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी
काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ। स्थानीयवासीले छाडेर गएका पुराना घरलाई आकर्षक पर्यटकीय आवासमा रूपान्तरण गरिएपछि भीमफेदी गाउँपालिका–५ स्थित सुपिङ गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको हो।त्रिभुवन राजपथअन्तर्गत भीमफेदी बजारबाट करिब चार किलोमिटरको दूरीमा रहेको सुपिङ गाउँ केही वर्षअघिसम्म...

