काठमाण्डौ । लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका–६ स्थित तल्लो ज्यामिरे बस्तीको जमिन चिराचिरा परेको छ ।
भिरालो क्षेत्रमा रहेको बस्तीको जमिनमा ठूलो संख्यामा चिरा देखिन थालेपछि जोखिम बढेको भन्दै स्थानीय परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार जोखिममा रहेका करिब १५/१६ घरपरिवारलाई बस्तीबाट सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
अविरल वर्षाका कारण जमिन अत्यधिक भिजेर कमजोर बनेपछि चिरा परेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । भिरालो भूभागमा जमिन चिरिन थालेपछि पहिरो वा भूक्षयको जोखिमसमेत बढ्न सक्ने भएकाले स्थानीयलाई तत्काल सुरक्षित स्थानमा सारिएको हो ।
प्रहरीले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन र जोखिमयुक्त स्थानमा नबस्न स्थानीयलाई आग्रह गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।