इराकबाट अमेरिकी सेना पूर्ण रूपमा बाहिरियो, सुरक्षा समीकरणमा नयाँ चुनौती
काठमाण्डौ । अमेरिकाले इराकमा रहेको आफ्नो अन्तिम सैन्य टोलीसमेत फिर्ता गरेको छ। सेप्टेम्बर ३० मा उत्तरी इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रस्थित एर्बिल एयरबेसबाट अन्तिम अमेरिकी सैनिक बाहिरिएसँगै सन् २००३ को अमेरिकी नेतृत्वको आक्रमणपछि सुरु भएको सैन्य उपस्थितिको लामो अध्याय समाप्त भएको हो। फिर्ती सन् २०२४ मा बग्दाद र वासिङ्टनबीच भएको सहमतिअनुसार सम्पन्न भएको...

