मंगलवार, कार्तिक २४,२०८३ 10:03:43
  • मंगलवार, कार्तिक २४,२०८३ 10:03:43
Global IME Bank Limited

दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन

Bizshala
दसैंको बक्स अफिस सुस्त: ‘आबाट आमा २’ को सातामा ५६ लाख, अरू दुईको १० लाख पनि पुगेन
New Office

काठमाण्डौ । दसैंमा प्रदर्शनमा आएका तीन सिक्वेल फिल्मले पछिल्लो सात दिनमा संयुक्त रूपमा ६५ लाख ६२ हजार रुपैयाँभन्दा बढी ग्रस कमाइ थपेका छन् । त्यसमध्ये झन्डै ८६ प्रतिशत हिस्सा ‘आबाट आमा २’ एक्लैको छ । ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ को साताभरिको संयुक्त कमाइ भने १० लाख रुपैयाँभन्दा कम छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको कात्तिक २२ गते आइतबारसम्मको बक्स अफिस विवरणअनुसार तीन फिल्मको कुल ग्रस कमाइ १२ करोड ५४ लाख ७४ हजार २९ रुपैयाँ पुगेको छ । यी फिल्मका कुल ४ लाख १९ हजार ४९१ टिकट बिक्री भएका छन् । अघिल्लो साताको विवरणमा संयुक्त कमाइ ११ करोड ८९ लाख १२ हजार रुपैयाँभन्दा बढी थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

‘आबाट आमा २’ को कमाइ ६ करोड ८१ लाख

चन्द्र पन्त निर्देशित ‘आबाट आमा २’ ले सात दिनमा ५६ लाख ३७ हजार रुपैयाँभन्दा बढी थप्दै कुल ग्रस कमाइ ६ करोड ८१ लाख ७ हजार ४१३ रुपैयाँ पुर्‍याएको छ । तीन फिल्ममध्ये सबैभन्दा धेरै २ लाख ३७ हजार ३०७ टिकट यही फिल्मका बिक्री भएका छन् । पल शाह, विपना थापा, मलिका महत र आकाश श्रेष्ठ अभिनीत यो फिल्मको पहिलो भाग ‘आबाट आमा’ ले १३ करोड २० लाख रुपैयाँ ग्रस कमाएको थियो ।

Garima Development Bank
Bizshala
IME remit

‘छ माया छपक्कै २’ ले सातामा थप्यो साढे सात लाख हाराहारी

दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै २’ ले पछिल्लो साता ७ लाख ४१ हजार रुपैयाँभन्दा बढी ग्रस कमाइ थपेको छ । १ लाख ६ हजार ६४४ टिकट बिक्री गरेको फिल्मको कुल ग्रस कमाइ ३ करोड ४२ लाख २५ हजार ९४५ रुपैयाँ पुगेको छ । दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई र दीपाश्री निरौलालगायतको अभिनय रहेको फिल्मको पहिलो भागले ९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको थियो ।

‘१२ गाउँ २’ को साप्ताहिक कमाइ दुई लाखमुनि

विराज भट्ट निर्देशित ‘१२ गाउँ २’ ले सात दिनमा १ लाख ८२ हजार रुपैयाँभन्दा बढी ग्रस कमाइ थपेको छ । ७५ हजार ५४० टिकट बिक्रीबाट फिल्मको कुल ग्रस कमाइ २ करोड ३१ लाख ४० हजार ६७१ रुपैयाँ पुगेको छ । विराज भट्ट, समीर भट्ट र अनुपविक्रम शाहीलगायत अभिनीत यो फिल्मको पहिलो भाग ‘१२ गाउँ’ ले १९ करोड ९२ लाख रुपैयाँ ग्रस कमाएको थियो ।

पहिलो भागको कुल कमाइसँग अहिलेको आँकडा तुलना गर्दा सबैभन्दा ठूलो अन्तर ‘१२ गाउँ २’ मा देखिन्छ । यसको हालसम्मको ग्रस कमाइ पहिलो भागको करिब १२ प्रतिशत छ । ‘छ माया छपक्कै २’ पहिलो भागको करिब ३५ प्रतिशतमा पुगेको छ भने ‘आबाट आमा २’ ले पहिलो भागको कमाइको आधा नाघेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.