तीन संसदीय समितिको बैठक आज बस्दै
काठमाण्डौ । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकहरूमा पर्यटन क्षेत्रका कानूनी व्यवस्था, कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाको मानवअधिकार अवस्था र सडक निर्माणमा देखिएको ढिलाइलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ।अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ। बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा विषय...

