बिहीबार, कार्तिक १२,२०८३ 04:55:33
  • बिहीबार, कार्तिक १२,२०८३ 04:55:33
Global IME Bank Limited

हुन्डाई नेपालद्वारा चितवनमा क्रेटा ईभी सार्वजनिक, कार्यक्रम स्थलबाटै ५ वटा ईभी हस्तान्तरण

Bizshala
हुन्डाई नेपालद्वारा चितवनमा क्रेटा ईभी सार्वजनिक, कार्यक्रम स्थलबाटै ५ वटा ईभी हस्तान्तरण
New Office

काठमाण्डौ । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भरतपुर, चितवनमा नयाँ क्रेटा EV सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ। हुन्डाई नेपालले ग्राहक वर्गलाई प्रदान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कले गर्दा उपभोक्ताहरूको मन जित्न सफल भई आज नेपालको अग्रणी अटो ब्रान्डहरू मध्ये एक बनेको छ । 

कम्पनीको अनुसार, नयाँ क्रेटा EV को आगमनले विद्युतीय सवारी सम्बन्धी सोच र शङ्का भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन थप सजिलो बनाएको छ । धेरैलाई EV खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शङ्का हुने गरेको देखिन्छ। 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

तर हुन्डाई नेपालले देशमै क्रेटा ICE, पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको छ। क्रेटा EV र ICE, दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले अब कुनै पनि समस्या हुने छैन । साथै लक्ष्मी हुन्डाईले EV इकोसिस्टमलाई पनि अझै मजबूत बनाउन RE-Lax चार्जिङ्गको नेटवर्क विस्तार गर्दै छ जस अन्तर्गत अहिले नै देश भरका विभिन्न ठाउहरुमा RE-Lax DC र AC गरी ६६ चार्जर सुचारु भैसकेको छ। 

त्यसैले, ग्राहकहरूलाई हुन्डाईको पेट्रोल (ICE) र EV कुनै पनि गाडी खरिद गर्दा सेवा, पार्ट्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ। नेपालको हरेक क्षेत्रमा यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीले २०८२ वैशाख २९ गते (१२ मे २०२५) मा पिनाकल ट्रेडिङ प्रा. लि. ( हुन्डाईको आधिकारिक डिलर) मा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा EV सार्वजनिक गरेको हो । 

Garima Development Bank
Bizshala
IME remit

यस कार्यक्रमले सहभागीहरुबाट अत्यन्त राम्रो प्रतिक्रिया पाएको छ। कार्यक्रम स्थलबाट ५ वटा क्रेटा EV ग्राहकहरूलाई गरिएको छ। कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका छन् । 
लक्ष्मी इन्टरकन्टिनेन्टलले एक सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई अगाडि बढाउँदै देशभर ग्राहकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.