कामना सेवा विकास बैंकद्वारा लम्की मानव सेवा आश्रमलाई न्यानो सामग्री वितरण
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लम्की मार्फत लम्की मानवसेवा आश्रम, कैलालीका असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्धआमाबुबा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ ।

