Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 06:14:35
Bizshala
Global IME Bank Limited

बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग

बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
New Office

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

शाओमी नेपालले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रदान गरेको हो।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा त्यससँगै गएको पहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन्। विपद्को यस्तो कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको भन्दै शाओमी नेपालले मानवीय सहयोगस्वरूप आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

सहयोग रकम रमेशकर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेश कुमार मद्रा र शाओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरणका क्रममा विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेका प्रयासमा आफ्नोतर्फबाट सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

शाओमी नेपालले विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग गर्न पाएकोमा आफूहरूलाई जिम्मेवार सामाजिक संस्थाका रूपमा प्रस्तुत गर्दै यस सहयोगबाट राहत तथा उद्धारका कार्यमा गर्दै शाओमी नेपालले आगामी दिनमा पनि आवश्यक सहयोग तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

‘नेपालसँगै, नेपालका लागि’ भन्ने भावनासहित नेपाली समुदायको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गर्दै शाओमी नेपालले आगामी दिनमा पनि आवश्यक सहयोग तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.