काठमाण्डौ । राइड सेयरिङ कम्पनी इन्ड्राइभले गत भदौ १० गते भोटेकोशी नदिमा आएको बाढी तथा विपदबाट प्रभावित परिवारको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको जनाएको छ। बाढीबाट प्रभावित समुदायलाई राहत उपलब्ध गराउने तथा पुनर्स्थापना र पुनःस्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले रकम योगदान गरिएको कम्पनीले जनाएको हो।
यसैबीच, कम्पनीको टोलीले ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्कासँगै नुवाकोटको विदुर पुगेर बाढीबाट प्रभावित परिवारलाई आवश्यक राहत सामग्रीसमेत वितरण गरेको छ।
कम्पनीले विपद्का कारण प्रभावित प्रत्येक परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा साथ दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।