शुक्रबार, कार्तिक ६,२०८३ 11:55:15
  • शुक्रबार, कार्तिक ६,२०८३ 11:55:15
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत वितरण

Bizshala
स्वावलम्बन लघुवित्तद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत वितरण
New Office

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका वडा नं. ३ का बाढीपीडितलाई राहत वितरण गरेको छ ।

संस्थाले सडक सञ्जाल टुटेका कारण उद्धार र राहतबाट वञ्चित रहेका नदी पारीको तटीय क्षेत्रका १४१ जना बाढी प्रभावितलाई संस्थाले भाद्र १७ गते अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।

बाढीका कारण सस्थाका शाखा कार्यालय वेत्रावती कार्यालय प्रमुख सहित २ जना कर्मचारी हालसम्म सम्पर्क विहीन रहेका छन् । निरन्तरको खोज तथा उद्धार प्रयासका बाबजुद उनीहरूको अवस्था रहेको र सहकर्मीहरू बेपत्ता भएको यस अत्यन्त मर्माहत र पीडादायी घडीमा संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्मा परेका नागरिकलाई सहयोग गरेको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विदुर नगरपालिका वडा नं. ३ का कार्यवाहक वडाध्यक्ष इन्द्र प्रसाद अधिकारीको रोहवरमा राहत वितरण कार्य सम्पन्न भएको थियो । क्षतिको अवस्थालाई हेरी प्रभावितहरूलाई ‘अति प्रभावित’ र ‘प्रभावित’ गरी दुई वर्गमा वर्गीकरण गरी राहत सामग्री उपलब्ध गराइएको छ । 

जसअनुसार अति प्रभावितलाई प्रति परिवार/व्यक्ति २५ केजी चामल, २ केजी दाल, २ केजी चिउरा, १ लिटर तेल, १ केजी नुन र १ वटा साबुन वितरण गरिएको थियो भने प्रभावितलाई १२.५ केजी चामल, १ केजी दाल, १ केजी चिउरा, आधा लिटर तेल, १ केजी नुन र आधा साबुन प्रदान गरिएको छ । 

संस्थाले कुल १०० बोरा चामल, २०० केजी दाल, १०० लिटर तेल, २०० केजी चिउरा, १५० केजी नुन र १०० वटा साबुन वितरण गरेको हो ।

राहत वितरण कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालयका प्रबन्धक सुमन श्रेष्ठ, इलाका कार्यालय ठिमीका प्रबन्धक लक्ष्मण बस्नेत, शाखा कार्यालय विदुरका प्रबन्धक प्रमोद कुमार सिग्देल र सहायक पुष्पराज अधिकारी आफैं विपद्ग्रस्त क्षेत्रमा पुगी राहत वितरण कार्यमा संलग्न भएका थिए ।

पीडितहरूको घाउमा मल्हम लगाउन संस्था सदैव समुदायको साथमा रहेको र बेपत्ता कर्मचारीहरूको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको संस्थाले जनाएको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.