बुधबार, आश्विन १४,२०८३ 08:43:39
Bizshala
  • बुधबार, आश्विन १४,२०८३ 08:43:39
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपीडितका लागि मोबाइल फोन आयातकर्ता संघले दियो ३१ लाख

Bizshala
भोटेकोशी बाढीपीडितका लागि मोबाइल फोन आयातकर्ता संघले दियो ३१ लाख
New Office

काठमाडौं । मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए)ले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संघले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम बुधबार अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको संघले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो। संघले प्रभावित नागरिकको तत्काल राहत तथा उद्धारसँगै पुनर्स्थापनाका काममा समेत सघाउ पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराएको जनाएको छ।

संघका अध्यक्ष दीपककुमार मल्होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूले संयुक्त रूपमा सहयोग रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्।

अध्यक्ष मल्होत्राले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए। उनले सहयोग रकम संकलनमा योगदान पुर्‍याउने संघका सदस्य संस्थाहरूलाई धन्यवादसमेत दिएका छन्।

संघले संकलित रकम बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा प्रभावकारी रूपमा उपयोग हुने विश्वास व्यक्त गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.