२१ वर्षमै चीन–नेपाल व्यापारमा पहिचान बनाउँदै श्रीजन गौतम, ५०० भन्दा बढी व्यवसायीलाई सोर्सिङ सेवा
काठमाण्डौ । उमेर २१ वर्ष। तर चीन–नेपाल आयात तथा व्यापार क्षेत्रमा हासिल गरेको व्यावहारिक अनुभवले श्रीजन गौतमको व्यावसायिक यात्रालाई उनको उमेरभन्दा परिपक्व बनाएको छ।चितवनलाई मुख्य कार्यालय बनाएर श्रीजन इन्टरनेशनल प्रालि सञ्चालन गरिरहेका गौतमले चीनबाट नेपाली व्यवसायी तथा उद्यमीका लागि विभिन्न प्रकारका उत्पादनको सोर्सिङ, आपूर्तिकर्तासँग समन्वय तथा आयात प्रक्रियामा...

