बिहीबार, मंसिर ३,२०८३ 11:42:31
  • बिहीबार, मंसिर ३,२०८३ 11:42:31
Global IME Bank Limited

एम्पियर नेपालको चाडपर्व योजना सार्वजनिक, स्कुटर खरिदमा २० हजार छुटदेखि १ लाख जित्ने मौका

Bizshala
एम्पियर नेपालको चाडपर्व योजना सार्वजनिक, स्कुटर खरिदमा २० हजार छुटदेखि १ लाख जित्ने मौका
New Office

काठमाण्डौ । एम्पियर नेपालले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकले नगद छुट, अतिरिक्त एक्सचेन्ज मूल्याङ्कन, निःशुल्क सर्भिसिङ तथा स्पेयर पार्ट्समा छुटसहित लक्की ड्रमार्फत १ लाख रुपैयाँ जित्ने अवसर पाउनेछन्। 

‘नयाँ सवारी, नयाँ उमङ्ग–यसपालिको महाचाड Ampere सँग’ भन्ने अभियान सन्देशसहित ल्याइएको योजनाअन्तर्गत Ampere Nexus तथा Magnus खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँ नगद छुट वा पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप २० हजार रुपैयाँ मूल्याङ्कनमध्ये कुनै एक सुविधा रोज्न सक्नेछन्। 

CG Motors
Garima Development Bank
IME remit

कम्पनीका अनुसार ग्राहकले यससँगै एक वर्ष निःशुल्क सर्भिसिङ, सात वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट तथा आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन्। 

चाडपर्व योजनाको अर्को मुख्य आकर्षण लक्की ड्र हो। अफर अवधिभित्र एम्पियर स्कुटर खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत १ लाख रुपैयाँ जित्ने मौका पाउने कम्पनीले जनाएको छ। 

त्यस्तै, Ampere REO VYB मोडल खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँ नगद छुट वा पुरानो सवारी एक्सचेन्ज गर्दा थप १० हजार रुपैयाँ मूल्याङ्कनमध्ये कुनै एक सुविधा लिन सक्नेछन्। यसमा कम्पनीका नियम तथा सर्त लागू हुनेछन्। 

एम्पियर नेपालका अनुसार चाडपर्वमा ग्राहकलाई थप सुविधा दिँदै पेट्रोलबाट चल्ने परम्परागत दुईपाङ्ग्रे सवारीबाट विद्युतीय सवारीतर्फ आकर्षित गर्ने तथा इलेक्ट्रिक मोबिलिटीलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले योजना ल्याइएको हो। 

कम्पनीका इलेक्ट्रिक स्कुटर देशभर विस्तार हुँदै गएको शोरुम तथा डिलर नेटवर्कमार्फत उपलब्ध रहेको जनाइएको छ। ती शोरुममा ग्राहकले स्कुटर अवलोकन, टेस्ट राइड तथा एक्सचेन्ज मूल्याङ्कनसम्बन्धी जानकारीसमेत लिन सक्नेछन्। 

यो चाडपर्व योजना छठ पूजासम्म लागू हुनेछ। ग्राहकले नजिकको एम्पियर शोरुममा पुगेर सवारी उपलब्धता, अफर तथा लागू हुने नियम–सर्तबारे विस्तृत जानकारी लिन सक्ने कम्पनीले जनाएको छ। 

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.