मंगलवार, आश्विन १३,२०८३ 06:52:52
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:52:52
Bizshala
Global IME Bank Limited

बजाज चेतकको ‘फेस्टिभ फाइभ’ अफर सार्वजनिक, ०% ब्याजदेखि १ लाखसम्म क्यासब्याक

Bizshala
बजाज चेतकको ‘फेस्टिभ फाइभ’ अफर सार्वजनिक, ०% ब्याजदेखि १ लाखसम्म क्यासब्याक
New Office

 

काठमाण्डौ । नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ।

दसैंदेखि छठसम्म लागू हुने सीमित अवधिको यो योजनामार्फत ग्राहकलाई इलेक्ट्रिक मोबिलिटीमा आकर्षित गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ।

योजनाअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले पाँचवटा विशेष सुविधा पाउनेछन्। कम्पनीका अनुसार ग्राहकले ईएमआई फाइनान्सिङमा ० प्रतिशत ब्याज, १ लाख रुपैयाँसम्म क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षसम्म ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज प्राप्त गर्न सक्नेछन्।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्व नयाँ सुरुवात र पारिवारिक खुसीसँग जोडिएको समय भएकाले ग्राहकलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा दिन योजना ल्याइएको बताए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनका अनुसार शून्य प्रतिशत ब्याज, आकर्षक क्यासब्याक र पाँच वर्षको वारेन्टीजस्ता सुविधाले ग्राहकलाई स्मार्ट तथा वातावरणमैत्री इलेक्ट्रिक सवारी रोज्न थप सहज बनाउने अपेक्षा गरिएको छ।

‘चेतक फेस्टिभ फाइभ’ अफर देशभरका आधिकारिक बजाज तथा चेतक शोरुममा छठसम्म उपलब्ध रहने कम्पनीले जनाएको छ।

बजाज चेतकले आफ्नो पुरानो ब्रान्ड विरासतलाई आधुनिक इलेक्ट्रिक प्रविधि, डिजाइन, टिकाउपन र स्मार्ट कनेक्टिभिटीसँग जोड्दै आएको कम्पनीको भनाइ छ। नेपाली बजारमा पनि चेतकलाई प्रिमियम इलेक्ट्रिक स्कुटरका रूपमा विस्तार गर्ने रणनीतिअन्तर्गत नयाँ चाडपर्व योजना ल्याइएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.