शुक्रबार, आश्विन २३,२०८३ 08:58:11
Bizshala
  • शुक्रबार, आश्विन २३,२०८३ 08:58:11
Bizshala
Global IME Bank Limited

एनएमबि बैंकको डेबिट कार्डबाट गरिएको खरिद किस्ताबन्दीमा तिर्न सकिने, सिटीटेक र एससीटीसँग सम्झौता

Bizshala
एनएमबि बैंकको डेबिट कार्डबाट गरिएको खरिद किस्ताबन्दीमा तिर्न सकिने, सिटीटेक र एससीटीसँग सम्झौता
New Office

काठमाडौं । एनएमबि बैंकका ग्राहकले डेबिट कार्डबाट सामान खरिद गर्दा गरेको भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सक्ने भएका छन्। बैंकले यस्तो सुविधा उपलब्ध गराउन सिटीटेक ग्रुप र स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी)सँग त्रिपक्षीय सम्झौता गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सम्झौताअनुसार एनएमबि बैंक ‘इस्युअर बैंक’का रूपमा लुप (LOOP) नेटवर्कमा आबद्ध हुनेछ। यसमार्फत बैंकका ग्राहकलाई डिजिटल माध्यमबाट खरिद कर्जा तथा मासिक किस्ताबन्दीको सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ।

लुप नेटवर्कमा आबद्ध पसल तथा व्यावसायिक संस्थाबाट सामान खरिद गर्दा ग्राहकले तत्काल खरिद कर्जा अर्थात् ‘लुप क्रेडिट’ सुविधा पाउनेछन्। यस्तो खरिदका लागि ग्राहकले आफ्नो विद्यमान एनएमबि डेबिट कार्ड वा क्यूआर भुक्तानी माध्यम प्रयोग गर्न सक्नेछन्।

त्यस्तै, डेबिट कार्डबाट गरिएको दैनिक खरिदको भुक्तानीलाई ‘लुप ईएमआई’मार्फत निश्चित मासिक किस्तामा रूपान्तरण गर्न सकिनेछ। यसले ग्राहकलाई सामान खरिदको रकम एकैपटक तिर्नुपर्ने भार घटाउन र आफ्नो बजेट व्यवस्थापन गर्न सहयोग पुग्ने बैंकको भनाइ छ।

ग्राहकको सहजतालाई ध्यानमा राखेर तयार गरिएको सुविधामा लचिलो भुक्तानी व्यवस्था, छिटो डिजिटल प्रक्रिया र पारदर्शितालाई प्राथमिकता दिइएको बैंकले जनाएको छ। सेवा बैंकको कर्जा मापदण्ड र सुरक्षित प्राविधिक प्रणालीमा आधारित हुनेछ।

एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.