एनएमबि बैंकले मात्र ८.९९% मा ७ वर्षका लागि ईभी अटो लोन दिने
काठमाण्डौ । एनएमबि बैंकले विद्युतीय सवारी साधनहरूका लागि ईभी अटो लोन ल्याएको छ । बैंकले ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको हो । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराएको जनाएको छ । ग्राहकहरूले अब सजिलै आफ्नो...