शनिबार, श्रावण २,२०८३ 04:21:39
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:21:39
Bizshala
Global IME Bank Limited

भेरीगंगामा अपांगता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरणमा एनएमबी बैंकको सहकार्य

भेरीगंगामा अपांगता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरणमा एनएमबी बैंकको सहकार्य
New Office

काठमाण्डौ । NMB Bank ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकामा अपांगता भएका व्यक्तिहरूका लागि सहयोगी सामग्री वितरण कार्यक्रमलाई सहजीकरण गरेको छ।

“डिसएबिलिटी ट्रान्सफर्मेशन एन्ड रिह्याबिलिटेसन पार्टनरशिप प्रोग्राम” अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा ह्वीलचेयर, एल्बो क्रचेजलगायतका सहायक सामग्री वितरण गरिएको हो। यसबाट अपांगता भएका व्यक्तिहरूको दैनिक जीवनमा सहजता र आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।

कार्यक्रम Ministry of Social Development Karnali को आयोजनामा Karuna Foundation Nepal, National Federation of the Disabled Nepal र एनएमबी बैंकको सहकार्यमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता भेरीगंगा नगरपालिकाका मेयर Yagya Prasad Dhakal ले गरेका थिए भने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री Ghanshyam Bhandari प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

त्यसैगरी, उपमेयर अन्सारा बोहोरा, एनएमबी बैंक लुम्बिनी प्रदेशका एरिया म्यानेजर रमेश रेग्मी, सुर्खेत शाखाका शाखा प्रबन्धक सुमन सुवेदी, सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्का तथा करुणा फाउन्डेसनका दीपक प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका लागि एनएमबी बैंकले ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको जनाएको छ। बैंकले यस किसिमका कार्यक्रममार्फत समावेशी विकास र समुदायको उत्थानमा योगदान पुर्‍याउँदै आएको छ।

हाल एनएमबी बैंकले देशभर २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.