शुक्रबार, जेष्ठ १,२०८३ 02:39:09
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:39:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनएमबी बैंक जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा सामेल

Laxmi Sunrise Bank Limited
एनएमबी बैंक जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा सामेल
Shivam Cement

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज(जीएबीभी) का १७ अग्रणी बैंकहरूको समूहसँग जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो गरेको छ ।  

बैंकले जीवाश्म ईन्धनको अन्त्यका लागि (‘फोसिल फ्युल नन प्रोलिफिकसेन ट्रिटी’ लाई अनुमोदन गरेको हो । ‘फोसिल फ्युल नन प्रोलिफिकसेन ट्रिटी’ सबैका लागि हरित उर्जाको व्यवस्था ,जीवाश्म इन्धनको विस्तारको अन्त्य र वर्तमानको उत्पादनलाई निर्मुल पारि अन्तराष्ट्रिय हातेमालो गरी पेरिस सम्झौताका लक्ष्यहरु हासिुल गर्ने एउटा विश्वव्यापी प्रयास हो । यो सन्धिप्रति प्रतिवद्धता जाहेर गर्ने वित्तीय संस्थाहरुको संख्या बढ्दो क्रममा रहेको छ । यसका साथै उनीहरु जलवायु संकटको मूल कारण, तेल, ग्याँस र कोइलाको उत्पादन र प्रयोगलाई सम्बोधन गर्न विश्वव्यापी प्रयासमा महत्त्वपूर्ण कदम अघि बढाईरहेका छन् ।  

Bizshala
New Office
CG Motors

‘यस कदमले जलवायु कार्यलाई अगाडि बढाउने र पेरिस सम्झौताका लक्ष्यहरूसँग पङ्क्तिबद्ध गर्ने, कार्बन उत्सर्जन प्रकटीकरण र व्यवस्थापनमा हाम्रा प्रयासहरूलाई बढावा दिने हाम्रो प्रतिवद्धतालाई दर्साउँछ। हामी सचेत छौं कि जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा महत्त्वपूर्ण मुद्दाहरू मध्ये एक हो, र हामी  समाधानको एक हिस्सा बन्न प्रतिबद्ध छौं,‘ एनएमबी बैंकका सीईओ सुनिल केसीले भने।

यो कदमले उज्यालो, स्वच्छ भविष्यको प्रतिज्ञा गर्ने र वातावरणीय कल्याण र दीर्घकालीन दिगोपनलाई प्राथमिकता दिने दिगो अभ्यासहरूतर्फ बैंकको परिवर्तनलाई जनाउँने एनएमबी बैंकले जनाएको छ ।  

एनएमबी बैंक फाइनान्सियल टाइम्सको ‘द बैंकर म्यागजिन’ बैंक अफ द इयर एशिया अवार्ड २०२१ बाट सम्मानित बैंक हो । बैंक सन् २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयरबाट पनि सम्मानित भएको थियो। 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.