बिहीबार, आश्विन २२,२०८३ 06:14:39
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 06:14:39
Bizshala
Global IME Bank Limited

विश्व लगानीकर्ता सप्ताहमा आरबीबी मर्चेन्ट बैंकिङको वित्तीय सचेतना कार्यक्रम

Bizshala
विश्व लगानीकर्ता सप्ताहमा आरबीबी मर्चेन्ट बैंकिङको वित्तीय सचेतना कार्यक्रम
New Office

काठमाण्डौ ।  विश्व लगानीकर्ता सप्ताह–२०२६ को अवसरमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसमा वित्तीय शिक्षा तथा लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी शिक्षा र सचेतना अभिवृद्धि गर्दै लगानीकर्तालाई सशक्त बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्डले असोज १९ गतेदेखि २५ गतेसम्म देशभर विभिन्न कार्यक्रम गरी विश्व लगानीकर्ता सप्ताह–२०२६ मनाइरहेको छ।

सोही अवसरमा आरबीबी मर्चेन्ट बैंकिङले असोज २१ गते थापाथली क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा आरबीबी मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेल, वरिष्ठ प्रबन्धक अजय घिमिरे र सहायक प्रबन्धक सृजना बाँस्कोटाले वित्तीय तथा लगानीसम्बन्धी विभिन्न विषयमा जानकारी दिएका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रममा Investor Resilience, Digital Deception तथा Scam Alert लगायतका विषयमा विस्तृत छलफल गरिएको कम्पनीले जनाएको छ। साथै मर्चेन्ट बैंकिङका विभिन्न कार्य तथा सेवाबारे पनि सहभागीलाई जानकारी गराइएको थियो।

कार्यक्रमका क्रममा सहभागीबाट उठेका प्रश्नको आरबीबी मर्चेन्ट बैंकिङका प्रतिनिधिले जवाफ दिएका थिए।

कम्पनीले कार्यक्रमबाट पुँजीबजार तथा सेयर लगानीसम्बन्धी वित्तीय ज्ञान अभिवृद्धि हुने तथा सहभागीहरू डिजिटल स्क्याम र वित्तीय ठगीका जोखिमबारे थप सचेत हुने विश्वास व्यक्त गरेको छ।

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.