आईतवार, आश्विन २५,२०८३ 01:35:16
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 01:35:16
Bizshala
Global IME Bank Limited

नेपथ्य कन्सर्टमा टीभीएस एनटर्क १५० अनावरण, मूल्य ३ लाख ६९ हजार

Bizshala
नेपथ्य कन्सर्टमा टीभीएस एनटर्क १५० अनावरण, मूल्य ३ लाख ६९ हजार
New Office

काठमाण्डौ । जगदम्बा मोटर्सले नेपथ्यको कन्सर्टमार्फत नयाँ टीभीएस एनटर्क १५० स्कुटर अनावरण गरेको छ। कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुल ग्राउन्डमा अक्टोबर १० मा आयोजित ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ कार्यक्रममा सार्वजनिक गरिएको स्कुटरको प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ।

नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्र र वरिष्ठ मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा स्कुटर अनावरण गरेका थिए। कार्यक्रममा एनटर्क १५० को लोमान्थाङसम्मको यात्रा समेटिएको भिडियोसमेत प्रदर्शन गरिएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

नयाँ स्कुटरमा १४९.७ सीसी क्षमताको तीन भल्भयुक्त इन्जिन छ। कम्पनीका अनुसार यसले १३.२ पीएस पावर र १४.२ एनएम टर्क उत्पादन गर्छ। स्कुटरले ६.३ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने र अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ।

यसमा ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस, स्ट्रिट र रेस गरी दुई राइडिङ मोड, हाइब्रिड टीएफटी–एलसीडी डिस्प्ले तथा स्मार्ट कनेक्टिभिटी सुविधा समावेश छन्। स्कुटर स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

CG Motors
Muktinath Bikas Bank Limited

प्रमुख सञ्चालन अधिकृत मिश्रले शक्ति, प्रविधि, सुरक्षा र डिजाइनको संयोजनसहित ल्याइएको स्कुटरले नेपाली ग्राहकलाई नयाँ राइडिङ अनुभव दिने विश्वास व्यक्त गरे। नेपथ्यको कन्सर्टमार्फत स्कुटर प्रस्तुत गर्न पाउनु कम्पनीका लागि विशेष अवसर भएको उनले बताए।

वरिष्ठ मार्केटिङ म्यानेजर पुडासैनीले दैनिक यात्रासँगै प्रविधिमैत्री र रोमाञ्चक अनुभव खोज्ने युवा पुस्तालाई लक्षित गरी एनटर्क १५० प्रस्तुत गरिएको बताइन्।

रमाइलो इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको कन्सर्टमा नेपथ्यले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेको थियो। कार्यक्रममा टीभीएस एनटर्क १५० शीर्ष प्रायोजकका रूपमा सहभागी थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.