मंगलवार, आश्विन १३,२०८३ 06:49:15
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:49:15
Bizshala
Global IME Bank Limited

भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु, NTORQ 150 र नयाँ Apache RTR 200 4V सार्वजनिक

Bizshala
भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा एक्सचेन्ज’ मेला सुरु, NTORQ 150 र नयाँ Apache RTR 200 4V सार्वजनिक
New Office

 

काठमाण्डौ ।  जगदम्बा मोटर्स प्रालिले काठमाडौंको भृकुटीमण्डपमा टीभीएसको ‘अचम्मैको महा EXCHANGE’ मेला सुरु गरेको छ। मेलाको उद्घाटनसँगै कम्पनीले नेपालमा TVS NTORQ 150 र नयाँ TVS Apache RTR 200 4V Projector Headlamp with USD सार्वजनिक गरेको छ।

नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले दशैं–तिहारलाई लक्षित गरी आयोजना गरेको मेलामा नयाँ मोडलसँगै एक्सचेन्ज, नगद छुट, फाइनान्स तथा अन्य अफरसमेत ल्याएको जनाएको छ।

कम्पनीका अनुसार नयाँ TVS NTORQ 150 को मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ। यसलाई जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवाल, टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र ब्रान्ड म्यानेजर प्रसाद सुन्दरमले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

त्यस्तै, TVS Apache RTR 200 4V Projector Headlamp with USD लाई दशैं–तिहार विशेष प्रारम्भिक मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँमा उपलब्ध गराइएको छ।

नयाँ Apache RTR 200 4V मा प्रोजेक्टर हेडल्याम्प र अपसाइड–डाउन (USD) फ्रन्ट फोर्क जडान गरिएको छ। कम्पनीका अनुसार यी फिचरले मोटरसाइकललाई अझ आक्रामक लुकसँगै बेहतर ह्यान्डलिङ प्रदान गर्छन्। मोटरसाइकल म्याट ब्ल्याक र ग्रानाइट ग्रे गरी दुई रङमा उपलब्ध हुनेछ।

कार्यक्रमको सुरुवात जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले नयाँ उत्पादनबारे जानकारी दिएका थिए।

NTORQ 150 सार्वजनिक गरेपछि लोमान्थाङमा तयार पारिएको विशेष भिडियो प्रदर्शन गरिएको थियो। कार्यक्रममा कलाकार Vyoma को लाइभ प्रस्तुति तथा स्टन्ट शोसमेत आयोजना गरिएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले NTORQ 150 ले स्कुटर प्रयोगकर्तालाई नयाँ स्तरको प्रदर्शन अनुभव दिने र Apache नेपाली पर्फर्मेन्स राइडरबीच स्थापित ब्रान्ड रहेको बताइन्। नयाँ RTR 200 4V ले उक्त विरासतलाई अझ अगाडि बढाउने उनको भनाइ छ।

टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बालीले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै NTORQ 150 र नयाँ Apache RTR 200 4V मा कम्पनीको ‘रेसिङ डीएनए’ झल्किने बताएका छन्।

एक्सचेन्ज मेलामा यस्ता छन् अफर

मेलामा जुनसुकै पुरानो दुईपांग्रे सवारी एक्सचेन्ज गरी टीभीएसका नयाँ सवारी खरिद गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकले शतप्रतिशत क्यासब्याक जित्ने मौका, गोल्ड की वा १० लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन्।

पुराना सवारीको मूल्यांकनका लागि मेलास्थलमा ५० भन्दा बढी मूल्यांकनकर्ता रहने र उच्च एक्सचेन्ज मूल्य उपलब्ध गराउने कम्पनीको दाबी छ।

त्यस्तै, दैनिक दुई भाग्यशाली ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस पाउने व्यवस्था गरिएको छ। नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा द्रुत फाइनान्स सुविधा उपलब्ध गराइने पनि जनाइएको छ।

मेलामा टीभीएसका सम्पूर्ण मोडल प्रदर्शनमा राखिएका छन्। अवलोकनकर्ताले टेस्ट राइड, जिमखाना स्टन्ट शो, गेम्स जोन र फुड स्टलको समेत अनुभव लिन सक्नेछन्।

भदौ १२ अर्थात् सेप्टेम्बर २८ देखि अक्टोबर ४ सम्म भृकुटीमण्डपमा चल्ने मेला दैनिक बिहान १० बजेदेखि खुला रहने कम्पनीले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.