मंगलवार, भाद्र ३०,२०८३ 01:10:55
Bizshala
  • मंगलवार, भाद्र ३०,२०८३ 01:10:55
Bizshala
Global IME Bank Limited

स्वदेशी लगानीको बहुक्षेत्रीय ई-कमर्स प्लेटफर्म ‘Yetideal.com’ सञ्चालनमा

उपत्यकामा २४ र प्रमुख बाहिरी सहरमा ४८ घण्टाभित्र सामान पुर्‍याउने दाबी, कारोबारको २ प्रतिशत बाढीपीडितलाई

स्वदेशी लगानीको बहुक्षेत्रीय ई-कमर्स प्लेटफर्म ‘Yetideal.com’ सञ्चालनमा
New Office

काठमाडौं। पूर्ण रूपमा स्वदेशी लगानीमा निर्माण गरिएको बहुक्षेत्रीय एक्सप्रेस ई–कमर्स प्लेटफर्म ‘Yetideal.com’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

‘यति सस्तो, यति छिटो’ नारासहित सुरु भएको प्लेटफर्मले विभिन्न श्रेणीका गुणस्तरीय सामग्री किफायती मूल्य र द्रुत डेलिभरीमार्फत ग्राहकसम्म पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

प्लेटफर्ममा इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य वस्तु, हार्डवेयर तथा मेसिनरी, घर सजावटका सामग्री, फार्मेसी तथा फिटनेस सामग्री, स्टेशनरी, खेलौना र खेलकुद सामग्रीलगायत उत्पादन उपलब्ध छन्। नेपाली उत्पादन तथा उद्योगको प्रवर्द्धनका लागि छुट्टै ‘मेड इन नेपाल’ श्रेणीसमेत राखिएको कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

Yetideal.com ले काठमाडौं उपत्यकाभित्र २४ घण्टा तथा उपत्यकाबाहिरका प्रमुख स्थानमा ४८ घण्टाभित्र सामान पुर्‍याउने व्यवस्था मिलाएको दाबी गरेको छ। सेवा प्रवाहका लागि कम्पनीले आफ्नै लजिस्टिक सञ्जालसँगै विभिन्न डेलिभरी साझेदार प्रयोग गर्नेछ।

कम्पनीले व्यवस्थापन परामर्श तथा व्यवसाय विस्तारका लागि सिंगापुरस्थित ‘Neovyn Pte Ltd’ सँग रणनीतिक साझेदारी गरेको छ। अन्तर्राष्ट्रिय अनुभव र स्थानीय आपूर्ति सञ्जालको संयोजनबाट नेपाली ई–कमर्स बजारमा भरपर्दो सेवा उपलब्ध गराउने कम्पनीको योजना छ।

विदेशमा रहेका नेपाली तथा नेपालसँग सम्बन्ध राख्ने अन्तर्राष्ट्रिय ग्राहकलाई लक्षित गरी स्वदेशी र अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीसमेत प्लेटफर्ममा समावेश गरिएको छ। यस सुविधामार्फत विदेशबाटै नेपालमा रहेका आफन्त तथा परिवारका लागि आवश्यक सामग्री र उपहार अर्डर गर्न सकिनेछ।

Muktinath Bikas Bank Limited

सञ्चालन शुभारम्भका अवसरमा कम्पनीले नयाँ प्रयोगकर्तालाई दर्ता गर्दा १०० रुपैयाँ बराबरको ‘Yetideal Points’ उपलब्ध गराउने घोषणा गरेको छ। प्रत्येक खरिदमा निःशुल्क उपहारका साथै निश्चित रकमको किनमेलमा नेपाल फुटबल जर्सी, छाता तथा फिफाको आधिकारिक फुटबल प्रदान गरिने कम्पनीले जनाएको छ।

यसैगरी, सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले ‘हात माथि हात, बाढीपीडितलाई YetiDeal को साथ’ अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत सन् २०२६ नोभेम्बर १५ सम्म प्लेटफर्मबाट हुने सम्पूर्ण कारोबार रकमको २ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने कम्पनीको घोषणा छ।

जैन ग्रुपको आपूर्ति सञ्जाल, ग्राहक सेवा तथा लजिस्टिक क्षमताको उपयोग गर्दै नेपाली ई–कमर्सलाई थप व्यवस्थित, विश्वसनीय र ग्राहकमैत्री बनाउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.