काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नी एक सदस्यको निधनपछि बाँकी कर्जा रकम मिनाहा गरेको छ।
संस्थाको भरतपुर शाखाले सदस्य माया गुरुङको निधनपछि उनको नाममा रहेको बाँकी कर्जा मिनाहा गरेको हो।
गुरुङले गत वर्ष मंसिर ९ गते संस्थाबाट ३ लाख ५० हजार रुपैयाँ कर्जा लिएकी थिइन्। उक्त कर्जामध्ये उनले ८३ हजार ३३२ रुपैयाँ किस्ताबापत भुक्तानी गरिसकेकी थिइन्।
संस्थाका अनुसार गुरुङको बचत रकम १ लाख ४४ हजार ३६९ रुपैयाँ, किरिया खर्चबापत ३ हजार रुपैयाँ, बीमाबाट प्राप्त २५ हजार रुपैयाँ तथा कर्जा तिरेको रकम ७४ हजार ७९ रुपैयाँ गरी कुल २ लाख ४६ हजार ४४८ रुपैयाँ बराबरको चेक परिवारलाई हस्तान्तरण गरिएको छ।
संस्थाले उक्त रकम बराबरको चेक स्वर्गीय गुरुङका छोरा विश्वास गुरुङलाई प्रदान गरेको हो। माया गुरुङको गत भदौ ६ गते निधन भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।