काठमाण्डौ । आज पनि अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य ०.७६ प्रतिशत अर्थात प्रतिऔंस १८.२२ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३८६ डलरमा कारोबार भईरहेको छ ।
अघिल्लो दिन पनि अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको थियो । डलरका मूल्य बढ्दा र अमेरिकी बोन्डको प्रतिफल समेत वृद्धि हुँदा सुनको मूल्यमा केही दिनयता गिरावट आईरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.७१ प्रतिशत अर्थात प्रतिऔंस ०.१९ डलरले घटेको छ । चाँदीको मूल्य प्रतिऔंस २७.०६ डलरमा कारोबार भईरहेको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ७ रुपैयाँमा कारोबार भईरहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (32).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                         
                                         
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                