काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेर २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ । महासंघका अनुसार आजको लागि चाँदीको भाउ प्रतितोला ३ हजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ३ हजार ९७० रुपैयाँ थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।