काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड(ले ब्याजदरमा कटौती गरेसँगै बढेको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो कारोबारमा पनि सुनको मूल्यमा व्यापक वृद्धि देखिएको छ ।
पछिल्लो कारोबारमा सुनको मूल्य १.३७ प्रतिशत अर्थात ३५.९८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६६२ डलर कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।
विज्ञहरुले सुनको मूल्य यो साताको अन्त्यसम्म २७ सय डलर पुग्न सक्ने बताएका छन् । हाल पश्चिम एशियामा उत्पन्न तनावका कारण सुनको मूल्यले गति लिएको आरजीओ फ्युचरका वरिष्ठ बजार रणनीतिकार बब हाबेरकर्नले बताएका छन् ।
आजको कारोबारमा चाँदीको मूल्य पनि १.३० डलरले बढेर प्रतिऔंस ३१.९८ डलर कायम भएको छ ।