मंगलवार, असार १७,२०८२ 07:58:19
  • मंगलवार, असार १७,२०८२ 07:58:19
Global IME Bank Limited

सुनको मूल्यमा व्यापक वृद्धि, प्रतिऔंस मूल्य कति पुग्यो ?

Hyundai Nepal
सुनको मूल्यमा व्यापक वृद्धि, प्रतिऔंस मूल्य कति पुग्यो ?
Nabil Bank Limited

काठमाण्डौ । अन्तराष्ट्रिय बजारको सुनको मूलयमा व्यापक वृद्धि भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.४९ प्रतिशत अर्थात ३५.०५ डलरले बढेको छ ।  

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ३९१.५९ डलर पुगेको छ ।  

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २.७८ प्रतिशत अर्थात ०.८४ प्रतिशतले बढेर प्रतिऔंस ३१.२१ डलर पुगेको छ ।  

बितेको एक सातामा सुनको मूल्य २.८० प्रतिशतले बढेको छ । अर्थतन्त्रमा सुधार आउँदै अमेरिकामा २ लाख ६ हजार नयाँ रोजगार थपिएको र अमेरिकी बोृन्डको प्रतिफलमा गत शुक्रबार आएको गिरावटका कारण अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकामा अपेक्षा गरिएभन्दा बढी संख्यामा रोजगारी थपिएको छ । विज्ञहरुले गत महिना १ लाख ९० हजार रोजगारी थपिने अपेक्षा गरेका थिए । अपेक्षाभन्दा बढी मानिसले काम पाएपनि अमेरिकाको आन्तरिक  प्रतिवेदन अझै कमजोर नै रहेको छ । अमेरिकाको बेरोजगारीदर अपेक्षा गरेभन्दा बढी अर्थात ४.१० प्रतिशत रहेको छ । सन् २०२३ को जनवरी र अप्रिल  महिनामा अमेरिकामा बेरोजगारीदर ५० वर्षकै न्यून स्तरमा पुगेको थियो । त्यसबेला बेरोजगारी दर ३.४ प्रतिशतमा सीमित बनेको थियो ।  

गत शुक्रबार अमेरिकी १० वर्षे बोन्डको प्रतिफल ४.२८ प्रतिशतबाट घटेर २.१५ प्रतिशतमा सििमत बनेको छ । त्यस्तै अमेरिकी डलर इन्डेक्स पनि ०.२४ प्रतिशतले घटेर १०४.८८ मा सीमित बनेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.