काठमाण्डौ । स्थानीय बजारमा आजपनि सुनको भाउ बढेको छ । लगातार दुईदिन बढ्ने क्रममा आज सुन ४ हजार ७ सय रुपैयाँले महङ्गिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो वृद्धिसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ८३जार ८ सय रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबारपनि सुनको भाउ ८ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ पनि २ लाख ४३ हजार ३१५ रुपैयाँ कायम भएको छ ।
सुनसँगै आज चाँदीको भाउ पनि उकालो लागेको छ । चाँदी १४५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ३२५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।