सोमबार, आश्विन २६,२०८३ 08:28:19
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 08:28:19
Bizshala
Global IME Bank Limited

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, ट्रम्पले कार्यभार सम्हालेदेखि १४ पटक अल टाइम हाई

Bizshala
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, ट्रम्पले कार्यभार सम्हालेदेखि १४ पटक अल टाइम हाई
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले ३ हजार डलरको कोसेढुङ्गा पार गरेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४६ प्रतिशत अर्थात प्रतिऔंस १३.६८ डलरले बढेको छ ।  

यससँगै सुनको मूल्य ३ हजार ११.५६ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । यससँगै एक साताको अन्तरालमा सुनको मूल्य दुइपटक अल टाइम हाईको उचाईमा पुगेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीतिका कारण लगानीकर्तामा बढेको अनिश्चितताका कारण पछिल्लोसमय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । यो वर्ष सुनको मूल्य १४ प्रतिशतभन्दा बढीले वृद्धि भईसकेको छ ।  

ट्रम्पले अमेरिकाको राष्ट्रपतिको रुपमा कार्यकाल सम्हालेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले १४ पटकसम्म अल टाइम हाईको रेकर्ड बनाएको छ । विश्व व्यापार संकट गहिरिएसँगै लगानीकर्ता तुलनात्मक रुपमा सुरक्षित मानिने सुनतर्फ आकर्षित भएका छन् ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आज डलर कमजोर बन्दा समेत अन्य मुद्राधारकहरुका लागि सुनको खरिद सस्तो पर्न गएको छ । जसका कारण माग बढ्दा सुनको मूल्य बढेको छ ।  

आज चाँदीको मूल्य पनि ०.१३ डलरले बढ्दै प्रतिऔंस ३३.९३ डलर पुगेको छ ।    

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.