काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार ३ लाख ५ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन सुनको भाउ प्रतितोला ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम थियो । उक्त दिन पनि सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ भने घटेका छ । चाँदीको भाउ १० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ ।

